बन्दका क्रममा कास्की जिल्ला जनसरकार प्रमुखसहित १३ जना कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ

बन्दका क्रममा कास्की जिल्ला जनसरकार प्रमुखसहित १३ जना कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ फाल्गुन २०७३
  • 18.9K
    Shares

कञ्चनपुर हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बिहानै प्रहरीले पर्यटकीय नगरी पोखरा र लेखनाथबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १३ जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक (लखनचोक)बाट पक्राउ गरेको हो ।
हाल प्रहरी हिरासतमा रहेका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको कास्की जिलला जनसरकार प्रमुख जगन तिवारी”जगन बा” अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेल तथा अन्य कार्यकर्ताहरु मंगल लिम्बु, खड्कबहादुर राई “चुच्चे”हरि राई, अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ुगाना रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ । त्यस्र्तै लेखनाथको पावरहाउसबाट पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा कुमार, दिव्य गोगै तमु, रामजी बराल र अर्का एक कार्यकर्ताहरु रहेका छन् । उनीहरुलाई डाँडाको नाक प्रहरीचौकीमा राखिएको छ ।
यसैबी्रच प्राप्त जानकारी अनुसार, नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दकाकारण पर्यटकीय नगरी पोखरामा प्रभाव देखिएको छ । पोखरामा फाट्टफुट्ट मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु चलेका छैनन् भने उद्यागधन्दा कलकारखाना र पसलहरु पूर्ण रुपमा बन्द छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार