भारतीय नम्बर प्लेटका गाडीलाई कारवाही गर्ने कास्की जिल्ला जनसरकारको घोषणा

भारतीय नम्बर प्लेटका गाडीलाई कारवाही गर्ने कास्की जिल्ला जनसरकारको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ फाल्गुन २०७३
  • 9.6K
    Shares

जगन तिवारी

वैकल्पिक सत्ताको रुपमा नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको जनसरकार अन्तरगत कास्कीमा गठित कास्की जिल्ला जनसरकारले कास्की जिल्लामा भारतीय नम्बर प्लेटका सवारी साधनहरु चल्न नदिने घोषणा गरेको छ । कास्की जिलला जनसरकार प्रमुख जगन तिवारीले आफ्नो फेसबुकमार्फत् यस्तो घोषणा गरेका हुन् ।
उनले शुक्रबार दिउँसो आफ्नो फेसबुक पेजमा लेखेका छन्, ” कास्की जनसरकारले लियो निर्णय, भारतीय नम्बर प्लेटका गाडी कास्की जिल्लामा प्रतिवन्ध, अटेरी गरे जनस्वयंसेवकले कारवाही गर्नेछ ।” जनसरकार प्रमुख तिवारीले कास्की जिललामा व्यापक मात्रामा जनस्वयंसेवक परिचालित गरिएको पनि जानकारी दिए ।
यसैबीच नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी पूर्णजित पुन “उवार”ले भारतीय सीमा सुरक्षा बल -एसएसबी)द्वारा नेपाली भूमिमा हत्या गरिएका गौतमलाई राष्ट्रिय शहीद घोषणाको माग राख्दै नेपालीभूमिमा भारतीय सीमा सुरक्षाबलद्वारा भएको हस्तक्षेपको विरोधमा फागुन २८ गते शनिबार नेपाल बन्दको घोषणा गरिएको जानकारी दिएका छन् । उनले बन्दका क्रममा सुरक्षा निकाय, पत्रकार तथा सञ्चारकर्मी, विदेशी कुटनीतिक नियोग, दूध तथा पानी बोक्ने सवारी साधनहरुलाई बन्दका क्रममा कुनै अवरोध नगरिने पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया