मधेशी मोर्चाले गरेको बादले पर्यटकीय जगरी पोखरा प्रभावित बनेको छ । पोखरामा सवारीसाधन, उद्योगधन्दा र विद्यालय तथा क्याम्पसहरु पूर्ण रुपमा बन्द छन् । आज बिहानैदेखि पोखरामा सिमसिम पानी परिरहेको छ । विगतमा अन्य पार्टी वा समूहहरुले गरेको बन्दहरुमा पोखराका मुख्य मुख्य बजारहरुमा नेता तथा कार्यकर्ताहरु झण्डासहित उपस्थित भएर सवारी साधन अवरोध गर्ने गरेका थिए । तर आज आयोजना गरिएको बन्दको प्रभाव परेपनि बजारमा बन्दकर्ताहरु देखिएका छैनन् । न त बन्दकर्ताका कार्यकर्ताहरु बजारमा देखिएका छन् न त बन्दकर्ता पार्टीका कुनै झण्डावाल नेताहरु नै बजारमा देखिएका छन् ।
पर्यटकीय नगरी पोखरामा कुनै अपि्रय घटना नभएको जिलला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तर जनजीवन प्रभावित बनेको प्रहरीको भनाई छ ।