विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा तीन जना छात्रामाथि हातपात : होस्टल संचालिका रेग्मी पक्राउ

विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा तीन जना छात्रामाथि हातपात : होस्टल संचालिका रेग्मी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० फाल्गुन २०८०
  • 5.9K
    Shares

पोखरा, ३० फागुन २०८०/

होस्टलमा बस्ने तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरबाट एक जना होस्टल संचालिकालाई पक्राउ गरेको छ।

होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालिका मधु रेग्मी पक्राउ परेकी हुन्। उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

प्राप्त जानकारी अनुसार, रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेको भिडियो यति बेला सामाजिक सन्जालमा भाइरल बनिरहेको छ।


पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु भएको छ ।

रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन् । होस्टेलमा फागुन ३ गतेदेखि उनीहरू बसिरहेका थिए । उनीहरुले चैत ३ गतेसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएको बताएका छन् ।

उनीहरू बुधवारदेखि नै मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ह्चैत तीन गतेसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालिका मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालिका रेग्मीले हातपात गरेकी थिइन् ।

होस्टल संचालिका मधु रेग्मीले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीलाई आफ्नै होस्टलमा लगेको छ । विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएको बताइन् ।

प्रतिक्रिया