संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बुधबार बिहान एमाले बाराका कार्यालय सचिव शंकर भट्टराईलाई मोसो दलेका छन्। कलैया स्थित भरत चोकमा एमालेका कार्यालय सचिव शंकर भट्टराईलाई मोर्चाका कार्यकर्ताले मोसो दलेका हुन्।
यस्तै बाराको कलैया निवासी एमाले कार्यकर्ता रामएकवाल प्रसादलाई पनि मधेशी मोर्चाका कार्यकर्ताले कालोमासो दलेका छन्।
कलैयास्थित भरत चोकमा चिया पसल अगाडी मोर्चाका कार्यकर्ताले प्रसादलाई बुधबार बिहान मोसो दलेका हुन्। मोर्चाको आह्वानका कारण बाराको कलैया पनि बुधबार दिनभर बन्द रहेको थियो।
सप्तरीको राजविराजमा एमालेको मेची महाकाली अभियानविरुद्ध आन्दोलनमा उत्रिएका चार मधेसी मोर्चाका कार्यकर्ताको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्ययसैको विरोधमा मोर्चाले मंगलबार र बुधबार दुई दिन मधेस बन्दको आह्वान गरेको हो।