विना अनुमति कक्षा सञ्चालन गर्ने कास्कीका दुई बिद्यालयलाई कारवाही

विना अनुमति कक्षा सञ्चालन गर्ने कास्कीका दुई बिद्यालयलाई कारवाही


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० बैशाख २०७३
  • 21.1K
    Shares

कास्कीमा पहिलो पटक अनुमति विना सञ्चालित बिद्यालय पहिचान गरि कारवाही गरिएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीले विना अनुमति कक्षा सञ्चालन गर्ने दुई बिद्यालयलाई कारवाहीमा गरेको हो । अनुमति नलिई कक्षा सञ्चालन गर्ने ज्ञान सरोवर एकेडेमी हेमजा र सागर मेमोरियल बोर्डिङ स्कुल घाचोक कारवाहीमा परेका हुन् ।

जिल्ला शिक्षा कार्यालय कास्कीले बुधवार गरेको निर्णय अनुसार अनुमति नलिई कक्षा सञ्चालन गर्ने ज्ञान सरोवर एकेडेमीलाई २५ हजार  र सागर मेमोरियल स्कुललाई १० हजार रुपैया जरिवाना गरिएको छ । शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १७ को उपनियम २ (ग) बमोजिम बिद्यालयलाई जरिबाना तिराईएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

ramakanta sharma

जरिवाना रकम नेपाल सरकारको प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षक(१४३१२) मा जम्मा गरी जिल्ला शिक्षा कार्यालयमा भौचर पेश गर्न निर्देशन दिइएको छ । साथै ज्ञान सरोवर एकेडेमी हेम्जाका अनुमति नलिएका कक्षाका विद्यार्थीलाई आप्mना विद्यार्थी बनाई परीक्षा दिलाउने लिटिल वेल्स स्कुल पोखरा ५ लाई सचेत गराई छाडिएको छ । सो बिद्यालयलाई गल्ती स्वीकार गरी अव आइन्दा यस्ता कार्य नगर्ने प्रतिवद्धता जनाएर छाडिएको शर्माले बताए ।

ज्ञान सरोवर स्कुल हेमजाले कक्षा ६ देखि १० सम्म विना अनुमति कक्षा सञ्चालन गरिरहेको थियो । त्यस्तै सागर मेमोरियलले कक्षा ३ देखि ८ सम्म अनुमति विना कक्षा सञ्चालन गरेको भेटिएकाले कारवाही गरिएको शर्माले बताए । अब कारवाहीमा परेका बिद्यालयले अनुमति नभएका कक्षा सञ्चालन गर्न पाउने छैनन् । जानकारीमा आएका बिद्यालयलाई कारवाही गरिएको र अन्य विद्यालय पनि विना अनुमति सञ्चालन भएको भेटिए कारवाही प्रक्रिया तिब्र पारिने शर्माले बताए ।

जिल्ला शिक्षा कार्यालय कास्कीले अनुमति नलिएका विद्यालय र कक्षाहरुमा आप्mना छोराछोरीलाई नपढाउन अभिभावकलाई आग्रह समेत गरेको छ । आगामी दिनमा अनुमति नलिएका विद्यालयहरुलाई सहयोग पु¥याउने अनुमति लिएका विद्यालयलाई पनि कारवाही गर्ने जिल्ला शिक्षा कार्यालयले चेतावनी दिएको छ ।

‘अनुमति लिएर विद्याल सञ्चालन नभएका तथा विद्यार्थी शिक्षक, भवन नभएका, कागजमा मात्र रहेका विद्यालयहरुको ठाउँसारी, नामसरी, पुन सञ्चालन हुन र गर्न नसकिने हुनाले त्यस्ता कागजी विद्यालयहरु किन बेचमा कोही पनि सहभागी नहुन समेत अनुरोध छ । ’ जिल्ला शिक्षा कार्यालयले विहिवार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया