बलिवुड चलचित्र निर्माता करण जौहर जुम्ल्याहा बच्चाका पिता बनेका छन् । अविवाहित जौहर सरोगेट आमाको सहाराबाट एक छोरा र एक छोरीका पिता बनेका हुन् । छोराको नाम यश र छोरीको नाम रुही रहेको करणले ट्वीट गरेर जानकारी दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन् :
मेरो जिन्दगीमा दुई नयाँ अतिथिको रुपमा मेरा दुई सन्तान रुही र यश जोडिएको खबर सार्वजनिक गर्न पाउँदा निकै खुशी लागेको छ । मेडिकल साइन्सको सहयोगले म पिता बन्न पाएकोमा निकै खुशी र भाग्यमानी भएको छु ।पिता बन्ने सबै जिम्मेवारी बुझेपछि मात्रै म यो इमोशनल फैशला लिन सकेको थिएँ । यो फैसलाका लागि मैले आफूलाई मानसिक, शारीरिक तथा संवेदनात्मक रुपमा तयार गरेको छु । अब मेरो जिन्दगीमा मेरा बच्चा मेरो काम, यात्रा र सामाजिक प्रतिबद्धता भन्दा महत्वपूर्ण रहने छन् । ईश्वरको कृपाले मसँग आमा हुनुहुन्छ, जसले मलाई निकै साथ दिनुभएको छ । आमा पनि नातिनातिना देख्न पाएकोमा निकै खुशी हुनुहुन्छ । यो सबैका लागि सरोगेट मदरलाई धन्यवाद । उनकै कारण मेरो सपना पूरा भयो ।
यसअघि तुषार कपुर पनि विवाह बिना नै सरोगेट मदरको सहायताले पिता बनेको थिए । शाहरुख खानका छोरा अबराम पनि सरोगेसीबाटै जन्मिएका हुन् । करण जोहरले आफ्नो किताबमा पिना बन्ने इच्छा व्यक्त गरेका थिए ।