सहकारी ठगी प्रकरण : सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक प्रहरी नियन्त्रणमा

सहकारी ठगी प्रकरण : सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक प्रहरी नियन्त्रणमा

संस्थापक अध्यक्ष जीबी राई अझै बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ फाल्गुन २०८०
  • 5.1K
    Shares

पोखरा, ५ फागुन २०८० /

सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरीले कार्यालय बुटवल डिएसपी विजयराज पण्डितले बताए । पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए। दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब सात करोड ८२ लाख ६७ हजार सातसय २९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबि) राई हुन् । उनी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष थिए । संस्थापक अध्यक्ष एवं संरक्षक जिबि राई सम्पर्क विहिन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ । गुरुङले आफूले गलत नगरेको तर जिबि राईको कारण आफू फसेको पक्राउ पर्नुअघि बताउंदै आएका थिए ।

प्रतिक्रिया