जिल्ला विकास समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी माथि कार्यकक्षमा नै हातपात भएको छ । आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्मा र जिल्ला विकास समिति कै लेखा अधिकृत युवराज राई माथि हातपात भएको हो ।
कार्यकक्षमा आफ्नो काम गरिरहेका दुई कर्मचारीमाथि ८ जनाको समूहले हातपात गरेको भन्दै सोलुखुम्बुका सबै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । आफ्नै कार्यकक्षमा असुरक्षित भएको र आक्रमण गर्ने सबैलाई सार्वजनिक मुद्दा दायरको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् ।