कालोमोसो दलिएका चौधरी एमालेका ‘वीर योद्धा’ घोषित !

कालोमोसो दलिएका चौधरी एमालेका ‘वीर योद्धा’ घोषित !


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ फाल्गुन २०७३
  • 8.1K
    Shares

मधेसी मोर्चाका कार्यकर्ताबाट कालो मोसो दलिएका सप्तरीका एमाले कार्यकर्ता प्रतापनारायण चौधरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमालाले सम्मान गरेका छन् । सप्तरीको गजेन्द्र नारायण औद्योगिक क्षेत्रमा सोमबार दिउँसो आयोजित जनसभाको सुरुमै एमाले अध्यक्ष ओलीले चौधरीलाई माला लगाइदिएर सम्मान गरेका हुन् । एमालेले चौधरीलाई ‘वीर योद्धा’समेत घोषणा गरेको छ ।

त्यसैगरी मोर्चाका कार्यकर्ताबाट पिटाइ खाएका एमालेका स्थानीय नेता शम्भु यादवलाई पनि केपी ओलीले फूलमालाले स्वागत गर्दै वीर योद्धा घोषणा गरेका छन् ।

 

मेची महाकाली राष्ट्रिय अभियान लिएर हिँडेको एमाले नेताहरुको टोली राजविराजको औद्योगिक क्षेत्रमा पुगेको छ र त्यहाँ आमसभा सुरु भएको छ । सुनसरी हुँदै आएको टोली सभास्थलमा पुग्नुअगावै मानिसहरु जम्मा भइसकेका र थप संख्या आएपछि सभामा बाक्लो जमघट देखिएको छ ।

प्रहरीले मधेसी मोर्चाका करिब ४/५ सय कार्यकर्तालाई आधा किलोमिटर पर खेतमा रोकेर राखेको छ । एमालेको कार्यक्रम निर्वाधरुपमा अघि बढेको छ ।

प्रतिक्रिया