उपचार अभावमा बालिकाको मृत्यु भए पछि लोपोन्मुख राउटेहरुले बसाईं सरे

उपचार अभावमा बालिकाको मृत्यु भए पछि लोपोन्मुख राउटेहरुले बसाईं सरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ माघ २०८०
  • 3.8K
    Shares

उपचार अभावमा निधन भएकी राउटे बालिका दुर्गा शाही

दैलेखको भैरवी गाउँपालिका-४ को गड जिउलामा बस्दै आएकी राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको छ। विगत एक महिनादेखि बिरामी रहेकी दुर्गा शाहीको उपचार अभावमा मृत्यु भएको हो ।

बिरामी परेकी बालिका शाहीलाई उपचार र खानपिनमा ध्यान दिन आग्रह गरिए पनि बेवास्ता गरिएको राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीले जानकारी दिए। औषधि खाँदा विरामी सन्चो हुँदै गएको भए पनि माघेसंक्रान्तिमा खानपिनका कारण समस्या भएको र शुक्रवार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको खत्रीले बताए।

बालिका दुर्गा शाहीको मृत्यु भए पछि गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रवार नै चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ सुईयातडामा बसाइँ सरेका छन्।

चिसो बढेसँगै राउटे समुदायका व्यक्तिमा स्वास्थ्य समस्या बढ्दै गएको छ। चिसो भुईंमा रात कटाउनुपर्ने अवस्था हुँदा बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन्। पछिल्ला वर्षहरूमा राउटे समुदायको जनसंख्या घट्दै आएको छ। अहिले राउटेको संख्या एकसय ३७ रहेको छ। तीमध्ये ६५ जना बालबालिका छन्।

प्रतिक्रिया