सञ्जय दत्तको नामको सिन्दुर लगाउँछिन् रेखा

सञ्जय दत्तको नामको सिन्दुर लगाउँछिन् रेखा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ फाल्गुन २०७३
  • 12.7K
    Shares

बलिउड अभिनेत्री रेखाले पति मुकेश अग्रवालको मृत्यूपछि पनि आफ्नो सिउँदो रंग्याउन छाडिनन् । आखिर उनले कसको नाममा सिन्दुर  लगाइरहेकी छिन् भन्ने कुराले धेरैलाई कौतुहलमा पार्ने गरेको छ ।

धेरैले अनुमान के गरेका छन् भने उनले हाल्ने गरेको सिन्दुर अमिताभ बच्चनका लागि हो । अमिताभ र रेखाबीच एकताका लामो अफेयर चलेको थियो । तर हालै प्रकाशित एक पुस्तकलेे । सबैको अनुमान गलत सावित गरिदिएको छ ।

यासेर उस्मानले लेखेको किताब ‘रेखाः द अनटोल्ड स्टोरी’ मा दावी गरिएको छ कि रेखाले अभिनेता सञ्जय दत्तको नामको सिन्दुर लगाउँछिन् । किताबमा यो पनि उल्लेख छ कि रेखा र सञ्जयले गोप्यरुपमा बिहे गरेका थिए । उनीहरु १९८४ मा बनेको फिल्म ‘जमीन आसमान ‘का क्रममा एक-अर्कासँग नजिकिएका थिए ।

‘त्यही बेलादेखि उनीहरुको प्रेम परेको थियो र केही समयमै उनीहरुले गोप्य विहे गरेका थिए,’ पुस्तकमा भनिएको छ, ‘यो कुरालाई दुवैले अहिलेसम्म गोप्य राखेका छन् ।’यो किताबले रेखाको बारेमा अरु पनि थुप्रै आश्चर्यजनक खुलासाहरु गरेको छ । तर यो रेखाको अटोबायोग्राफी होइन । किताबको सत्यताका बारेमा कि लेखकलाई थाहा होला कि रेखालाई ।

प्रतिक्रिया