खगेन्द्र संग्रौलाद्वारा एमाओवादीको भविष्य सीपी मैनालीको मालेजस्तो हुने ठोकुवा

खगेन्द्र संग्रौलाद्वारा एमाओवादीको भविष्य सीपी मैनालीको मालेजस्तो हुने ठोकुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ बैशाख २०७३
  • 13.2K
    Shares

वामपन्थी सहित्यकार खगेन्द्र संग्रौलाले एकीकृत माओवादी पीँधविनाको लोटा भएको भन्दै एमाओवादीको भविष्य अब सीपी मैनालीको मालेजस्तै हुने बताएका छन् । केही समययता एमाओवादीबाट बरालिएका संग्रौला अहिले बाबुराम भटट्राईले नेतृत्व गरेको नयाँ शत्तिसँग नजिक रहेर लेखिरहेका छन् । उनी पहिले एमाओवादी र प्रचण्डसँग निकै नजिक थिए ।

संग्रौलाले सामाजिक संजाल  ट्वीटरमा स्टाटस लेख्दै अब एमाओवादीको भविष्य चुनाव लडेर सुनिश्चित नहुने भन्दै बरु एमालेमा विलिन हुँदा राम्रो हुने सुझाव दिएका छन् । ‘एमाओवादी पीँधबिनाको लोटो भो । यसले बल्खुमा विलीन हुनु वा अब चुनाव नलड्नु राम्रो ।’ संग्रौलालेट्वीटरमा लेखेका छन्, ‘चुनाव लडे यो (एमाओवादी) सीपीउन्मुख हुने भो, जसको नियति सधैँ सत्तामा मागीखानु हो ।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले लिइरहेको नीति असाध्यै ढुलमुले भएको भन्दै हिजोआज संग्रौला प्रचण्डको निकै उछित्तो काढिरहेका छन् । उनका लेख र सामाजिक संजालका स्टाटसहरु पुरै प्रचण्डका विरुद्धमा छन् ।

संग्रौलाले उही ट्वीटरमा केही दिन अघि लेखेको अर्को स्टाटसमा प्रचण्डलाई पीके अर्थात् पुष्पकमल लास्टै ढुलेमुले भनेर लेखेका छन् । ‘पीके (पुष्पकमल) लास्टै ढुलमुले देखिए । छिनमा मधेशसँग लभ, छिनमा केपीसँग लभ, छिनमा देउवासँग लभ’ उनले टीवटरमा लेखेका छन्, ‘अनि छिनैमा ओलीका चरणमा फरक्क । हैट्, लाजमर्नु !’

प्रतिक्रिया