जनकपुरमा एमालेको प्रतिवाद गर्ने मधेसी मोर्चाको निर्णय, एमालेको कार्यकर्तालाई निर्देशनः- मैदान नछाड्नू तर, भिड्न नजानू

जनकपुरमा एमालेको प्रतिवाद गर्ने मधेसी मोर्चाको निर्णय, एमालेको कार्यकर्तालाई निर्देशनः- मैदान नछाड्नू तर, भिड्न नजानू


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ फाल्गुन २०७३
  • 7K
    Shares

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेको मेची महाकाली यात्राको प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले जनताबीच द्वन्द्व बढाउने मनसायले मधेस पस्न खोजेको भन्दै मोर्चाले प्रतिवाद गर्ने बताएको हो । मधेसी मोर्चाका संयोजक सतिशकुमार लाल दासले जारी गरेको विज्ञप्तिमा २५ गते धनुषामा आम हडताल आहृवान गरिएको उल्लेख छ ।

झापाबाट सुरु भएको एमालेको मेचीकाली अभियान २५ गते जनकपुर पुग्ने कार्यक्रम छ ।

मधेसी मोर्चाले भने एमालेको कार्यक्रमलाई नै लक्षित गरेर आन्दोलन घोषणा गरेको छ । २५ गते दिनभर कालो झाण्डा र बैनरसहित जनकपरमा प्रदर्शन गर्ने र एमालेको अभियानको प्रतिवाद गर्ने उसले बताएको छ ।

एमालेको कार्यकर्तालाई निर्देशनः- मैदान नछाड्नू तर, भिड्न नजानू

प्रमुख विपक्षी नेकपा एमालेले आफ्नो मेची महाकाली राष्ट्रिय अभियान बिथोल्न अपराधिक ढंगका हमला हुन थालेको भन्दै  मधेसी मोर्चाका शीर्ष नेताहरुलाई त्यस्ता गतिबिधि रोक्न आग्रह गरेको छ भने एमालेले मधेसका नेता कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर अभियानको प्रचार प्रसारमा केन्दि्रत हुन निर्देशन दिएको छ । एमालेको नीति मूठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवावद गर्ने नीति एमालेले सुनाएको छ ।

मधेस र मधेसी मोर्चा अलग अलग भएकाले मोर्चाका एजेण्डालाई मधेसी जनताका एजेण्डाका रुपमा लिन नहुने एमाले नेताहरुले बताए । सचिव भट्टराईले मधेसी मोर्चाका एजेण्डामा एमाले असहमत भएको तर, मधेसी जनताको मागको पक्षमा रहेको दाबी गरे ।

उनले २० जना मधेसी नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेपछि मधेसमा थप उत्साह आएको बताए । उनले अब मधेसमा एमालेको संगठन नयाँ ढंगले विकास हुने दावी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार