लाइन संस्थागत गर्ने होडमा प्रचण्ड र विप्लव

लाइन संस्थागत गर्ने होडमा प्रचण्ड र विप्लव


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ फाल्गुन २०७३
  • 43.7K
    Shares

पुष्प न्यौपाने,

माओवादी आन्दोलनका दुई प्रतिष्प्रधी विप्लव र प्रचण्डवीच यतिवेला आ-आफ्नो लाईन संस्थागत गर्ने होड चलेको छ । क्रान्तिकारी लाइनका विप्लवले संसदीय व्यवस्था विरुद्ध आफ्नो धार सशक्त वनाउदै लिने योजना वनाएपछि त्यसको काउण्टरमा प्रचण्डले संसदीय व्यवस्था सुदृढका लागि स्थानिय निकायको निर्वाचनमा जोड दिएका छन् ।

रोल्पाको थवाङबाट विप्लवले जनसत्ता निर्माणका लागि महाधिवेशनमा कार्यकर्ताहरुलाई निर्देशन दिएपछि प्रचण्डले त्यस लगत्तै स्थानिय निकायको निर्वाचन घोषणा गरे । साथै प्रधानमन्त्रीका हैसियतले देशवासीलाई दिएको वेमौसमको सन्देशमा पनि प्रचण्डले छोरी कुट्दै वुहारी तर्साउने नेपाली उखान चरितार्थ गरे ।

सीके राउतमाथि आक्रोस पोखेजस्तो गर्दै हिमाल, पहाड सवै ठाउँमा अतिवाद सैह्य हुँदैन भनेर विप्लवलाई तर्साउने धम्की दिए ।प्रचण्डको घुमाउरो धम्कीको सोझै जवाफ दिने अवसरका रुपमा विप्लवले राष्ट्रिय नाचघरको पत्रकार सम्मेलनलाई लिए । पत्रकार सम्मेलनबाट उनले भने कसलाई के सैह्य हुँदैन सरकार पनि यहिं छ हामी पनि यहिं छौं । साथै उनले प्रचण्डले वोलेको भाषा फाँसीवादी भएको समेत टिप्पणी गरे ।

यो लडाई नेपालको माओवादी आन्दोलनका दुई सक्रिय पात्रहरुको लडाई हो । विचारधाराका हिसावले विप्लव अग्रगामी वाटोमा छन् भने प्रचण्ड यथास्थितीवादी बाटोमा छन् ।

नेपालमा अव कुन धारा सँस्थागत हुन्छ संसदीय यथास्थितीवादी धारा वा परिवर्तनको अग्रगामी धारा भन्नेमा यी दुई पात्रहरुको क्रियाशिलता र जनतालाई कन्भिन्सिङ पावरमा भरपर्ने राजनीतिक वजारको अनुमान छ ।

तर नेपालको राजनीति र माओवादी आन्दोलनलाई नजिकबाट नियालेकाहरुले भने फुच्चे विप्लव अव टावरका रुपमा खडा भैसकेका छन् र टावरका रुपमा स्थापित प्रचण्डमा खिया लागेर ढल्नै लागेको पोलको अवस्था छ ।

समयले कोल्टो फेरिसकेकाले प्रचण्डले एक दुई वर्ष छल ढाँटले आफ्नो अस्तित्व जोगाएपनि उनी अव लामो समय नेपाली राजनीतिको आकर्षणमा रहने आधारहरु समाप्त भइसकेका छन् ।

विप्लवको कार्यदिशाले तिव्र गतिमा दौडनसक्ने संगठन र कार्यकर्ताको माग गरेको छ । कार्यदिशा अनुरुपको संगठन र संगठनले कार्यदिशालाई गाउँ शहर लैजान सके मुलुक उनको मार्ग निर्देशमा जाने संभवना प्रवल छ ।

परम्परागत राजनीतिको चश्माबाबट हेर्दा विप्लवसंग स्थापित नेताहरुको टिम अभाव देखिएपनि विचारको विकासका लागि उनीहरुले गरेको अभ्यास, दृढ इच्छाशक्ति र उच्च मनोवललाई केलाउदा उनको टिम माथिको आसंका पनि चाँडै मेटिने छ ।

संसदीय व्यवस्थालाई सँस्थागत गरेकै अवस्थामा पनि प्रचण्ड मुलधारको राजनीतिबाट किनारा लाग्ने निश्चित छ र संसदीय व्यवस्थाको लाभ अन्य राजनीतिक पार्टीहरुले लिने छन् । विप्लवले भने संसदीय व्यवस्थालाई ढाल्न सके समयले उनलाई पूर्ण रुपमा फेभर गर्नेछ र उनको युग सुरु हुने छ ।

प्रतिक्रिया