मलाई रुन ठूलो कारण चाहिन्न– अभिनेत्री सञ्चिता

मलाई रुन ठूलो कारण चाहिन्न– अभिनेत्री सञ्चिता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ फाल्गुन २०७३
  • 15.2K
    Shares

सञ्चिता लुइटेल

केही बर्षको बिश्राम पछि अभिनयमा फर्किएकी सञ्चिता लुइटेल नेपाली चलचित्र क्षेत्रकी सालिन अभिनेत्री हुन् । ‘अप्सरा’ चलचित्रबाट अभिनयमा भित्रिएकी उनीसँग जीवन र चलचित्र करिअरका थुप्रै उतारचढाव पार गरेको अनुभव छ । ‘नाइन नभन्नु ल ३’बाट अभिनयमा पुनरागम गरेकी उनले राधा, आरोप लगायत चलचित्रमा अभिनय गरेकी छन् । २ सन्तानकी आमा संचिताले आफ्नो सुन्दरता र शरिरलाई पनि पहले झै मेन्टेनमा राखेकी छन् ।

सौन्दर्य प्रति कतिको सचेत हुनुहुन्छ ?
पहिलेदेखि नै सचेत छु । भर्खर मात्र पनि एक ब्युटी प्रोडक्टको ब्रान्ड एम्बेसडर भएकी छु । राम्री बन्ने दौडमा जथाभाबी मेकअप गर्न मन पर्दैन । नर्मली साथीभाईसँग कतै बाँहिर जानुपर्दा १५ मिनेट जतिमा समय लाग्छ । ठुलै इभेन्टमा जानुपर्दा एकघन्टा लाग्छ । सुटिङको समयमा छिटो गरे भने ४५ मिनेट लागि हाल्छ ।

फिटनेस कतिको गर्नुहुन्छ ?
बिहान हेल्थ क्लब नियमित जाने गरेकी छु । दिनको दुई घन्टा मेरो एक्सरसाइजमा बित्छ ।

फेसन प्रतिको लगाव कस्तो छ ?
धेरै सजक त पनि छैन । जानकार नभएको पनि होइन । समय अनुसार चलेको, मौसम अनुसार ड्रेसअप गर्न मनपर्छ ।

पुरा नभएको सपना नि ?
जीवनमा आफुले चाहेको कुरा हरेक मान्छेलाई पुगेको छ । पुग्छ भन्ने पनि मलाई लाग्छ । मेरो ठुलोठुलो इच्छा सपना पनि केही छैन । त्यसैले मैले आफुले चाहेको पुरा गरेकी छु ।

घुम्न मनपर्ने ठाउँ ?
पोखरा घुम्न सारै मनपर्छ । पोखरामा धेरै साथीहरु पनि छन् । अहिलेसम्म सौरहा गएकी छैन । त्यहाँ पुग्न, घुम्न मनलागेको छ ।

स्वतन्त्र उड्न पाउनु भयो भने ?
धुलो र धुवाले काठमाडौको कुनै ठाउँ पनि हिँडिसक्नु छैन । चरा झै उड्न पाइयो भने माथी उडेर धुँवा र धुलो छल्दै जान पर्ने ठाउँमा पुग्थे होला ।

राजधानीको मन नपर्ने पक्ष पनि छन् कि ?
मन नपर्ने धुलो । त्यसपछिको बाटो हो । बाटो साँधुरो छ । त्यसमा पनि जताततै भत्किएको छ । कहिले ढल र कहिले पानीले बनेको बाटो भत्काउँछ । यो पक्ष नै मन पर्दैन ।

डर लाग्दो सपना आएको छ कि छैन ?
कहिले कहिले देख्छु ।

रुनु भएको त्यो क्षण ?
रुने मामिलामा म धेरै अगाडि छु । मलाई रुन केही ठूलो कारण चाहिन्न । तर धेरै पिडा भएर रोएको क्षण मेरो जीवनमा आएको छैन ।

अहिलेको राजनीतिलाई कसरी लिनु भएको छ ?

राजनीति हामी नेपाली सबैले जान्नु पर्ने बिषय त होइन । तर पनि देशको माहोल र सोसाइटीले गर्दा बुझ्नै पर्ने रहन्छ । यसबाट अनभिज्ञ भएर बस्न पनि मिल्दैन । केही जान्नु पर्छ । यसले गर्दा हाम्रो ब्यक्तिगत सेडुल तल माथि भइरहेको हुन्छ । राजनैतिक बन्दले होस् या समय समयमा आएका केही नयाँ उतार चढापले । यस बिषयमा केही जान्नुपर्छ । तर हरेक ब्यक्ति राजनीतिमा लाग्नु त्यति राम्रो होइन ।

प्रतिक्रिया