चितवनबाट बर्दिया सारिएको गैंडा मृत अवस्थामा फेला

चितवनबाट बर्दिया सारिएको गैंडा मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० फाल्गुन २०७३
  • 6.7K
    Shares

चितवनबाट स्थानान्तरण गरी बर्दिया राष्टिय निकुञ्जको बबई उपत्यकामा छाडिएको एउटा बिरामी भाले गैंडा मरेको निकुञ्जले जनाएको छ। बर्दिया निकुञ्जको उत्तरी क्षेत्र बबई उपत्यकाको शिवपुर र सोत खोला बीचमा बिरामी गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए।

घटनास्थलमा गैंडाको खागलगायत सबै अंग सुरक्षित रहेको निकुञ्जले जनाएको छ। गैंडा लामो समयदेखि बिरामी थियो।

मृत गैँडालाई निकुञ्ज बिहीबार राति निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याएको छ। गैँडाको पोष्टमार्टम गर्दा आन्द्रमा घाउ रहेको, कलेजो, फोक्सोलगायत भित्रि अंगको खराबीका कारण गैंडाको मृत्यु भएको थापाले बताए। गत वर्ष फागुन तेस्रो साता निकुन्ज विभागले चितवनबाट ५ वटा गैंडा बबई उपत्यकामा स्थानान्तरण गरेको थियो।

प्रतिक्रिया