एमाले नेता चौधारीलाई मोर्चाका कार्यकर्ताले कालोमोसो दले, सप्तरीमा एमाले-मोर्चा आमने सामने

एमाले नेता चौधारीलाई मोर्चाका कार्यकर्ताले कालोमोसो दले, सप्तरीमा एमाले-मोर्चा आमने सामने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० फाल्गुन २०७३
  • 6.9K
    Shares

शनिबारदेखि प्रारम्भ हुन लागेको मेची-महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमाले र त्यसबिरुद्धआन्दोलन घोषणा गरेको मधेसी मोर्चा सप्तरीमा आमने सामने भएका छन् । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको छ ।

अभियानलाई सफल पार्न सकृय रहेका एमाले कार्यकर्ताबिरुद्व मोर्चा कार्यकर्ता खनिएका छन् । शुक्रबार मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई राजविराजमा कालोमोसो दलेका छन् ।

 

राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् । चौधरीलाई मालोमोसो दल्न शुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए ।

मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरे ।

यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो । अभियानको बारेमा एमाले कार्यकर्ताहरुले पर्चा बितरण गरिरहेको समयमा शुक्रबार साँझ मोर्चा र एमाले कार्यकर्ताबीच झडप भएको थियो । समयमै प्रहरी पुगेका कारण कुनै अप्रिय घटना भएन ।

प्रतिक्रिया