गणेशमान सिंह लगायत दुई जना बिद्यार्थी नेता सल्यानबाट गिरफ्तार

गणेशमान सिंह लगायत दुई जना बिद्यार्थी नेता सल्यानबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ फाल्गुन २०७३
  • 11.5K
    Shares

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य गणेशमान सिंह र क्रान्तिकारीकै  जिल्ला सदस्य प्रेम बुढालार्इ प्रहरीले सल्यानबाट गिरफ्तार गरेको छ ।
काँग्रेस, एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले मनोमानी ढंगबाट स्वबियु घोषणा गरेको भन्दै बिरोधमा उत्रिएका उनीहरुलाई सल्यान बहुमुखी क्याम्पसबाट पक्राउ गरीएको बताएको छ ।
अन्य विद्यार्थी संगठनहरुको मनोमानीबिरुद्ध भन्दै यसअघि अखिल क्रान्तिकारीले सल्यानका सबै क्याम्पसमा तालाबन्दि गरेको थियो ।
यसैबीच अखिल क्रान्तिकारीका जिल्ला संयोजकले एक प्रेश बिज्ञप्ती जारी गर्दै पक्राउ परेका नेता सिंह र बुढाको यथासिघ्र रिहाइको माग गरेका छन ।

प्रतिक्रिया