गामघरको खेतबारी, बाझो भई मासियो
केही गर्ने युवा जमात, विदेशतिर भासियो
देश बनाउछु भन्नेहरु, लुट्न मात्र पल्किए
जनता भने जैलेसुकै, कुनोतिर मिल्किए
-
परदेशीलाई नानाभाती, गाली गर्नु हुन्न
धरतीमाथी लात मादै. कोही परदेशी हुन्न
अवसर लिन्छन् आसेपासे, अरु सबै रित्ता
लुटेराले यसरी नै, छुटाई राछन् कित्ता
यो दल त्यो दल, सबै रछन् उस्तै
जुन जोगी आए पनि, कान चिरे जस्तै
देशभित्र इमान–जमान, सबै–सबै नासियो
केही गर्ने युवाजमात, विदेशतिर भासियो
फेब्रुअरी २८