पुटिनसंग असन्तुष्ट भाडाका सैनिकहरुको समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको जहाज दुर्घटनामा मृत्यु

पुटिनसंग असन्तुष्ट भाडाका सैनिकहरुको समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको जहाज दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.6K
    Shares

रुसमा भएको हवाई जहाज दुर्घटनामा भाडाका सैनिकहरुको समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जनाको मृत्यु भएको छ। रुसको तेवेर शहरमा भएको उक्त जहाज दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन ।

पैसाका लागि लड्ने यस निजि लडाकु समुहलाई रुसले युक्रेनबिरुद्ध परिचालित गरेको थियो। तर युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो ।

यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वागनर समूह पछि हटेको थियो । रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए ।

त्यतिबेला वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया