लद्दाखमा भारतीय सैनिक बोकेको गाडी दुर्घटनाग्रस्त : नौ सैनिकको मृत्यु, एक घाइते

लद्दाखमा भारतीय सैनिक बोकेको गाडी दुर्घटनाग्रस्त : नौ सैनिकको मृत्यु, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ भाद्र २०८०
  • 1.6K
    Shares

भारतीय सैनिक बोकेको गाडी लद्दाखमा दुर्घटनाग्रस्त

भारतको लद्दाखमा शनिबार भएको एक सवारी दुर्घटनामा परी नौजना भारतीय सैनिकको मृत्यु भएको छ। सैनिकहरू चढेको गाडी शनिबार दिउँसो पौने ५ बजेतिर अनियन्त्रित भएर सडकबाट खोंचमा खसेर दुर्घटनाग्रस्त भएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ।

लेहबाट आएको उक्त सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको हो। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया