रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो मानवविहीन अन्तरिक्ष यान दुर्घटना भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।
यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् । तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच प्रतिस्पर्धा छ । भारतले पठाएको चन्द्रयान-३ आउँदो हप्ता अवतरण गर्ने तयारी छ ।