असन्तुष्टि पोख्दै पौडेलले सभापति देउवालाई पत्र लेखे

असन्तुष्टि पोख्दै पौडेलले सभापति देउवालाई पत्र लेखे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ फाल्गुन २०७३
  • 13.9K
    Shares

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पत्र लेखि केन्द्रिय समिति र संसदीय दलको बैठक अविलम्ब बोलाउन माग गरेका छन्। निकट नेताहरुको तर्फबाट शनिबार नै पौडेलले सभापतिलाई पत्र लेखी संवैधानीक व्यवस्था अनुसार आगामी माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्।

‘पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक नबसेको महिनौ भयो,’ पौडेलले सभापतिलाई लेखेको पत्रमा भनेका  छन्, ‘नीतिगत विषयमा विधिवत छलफल हुनसकेको छैन। पार्टीका साथीहरुको भावना अनुरुप केन्द्रिय समिति र दलको बैठक बोलाउन अनुरोध छ।’

पौडेलले पार्टी संञ्चालन र भ्रातृ संगठनहरु मात्र नभएर सरकारको काम पनि प्रभावकारी बन्न नसकेको सभापतिलाई स्मरण गराएका छन्। ‘हाम्रो पार्टी संगठन र भ्रातृ संस्थाहरु संचालनमा सन्तुलीत ढंगबाट थप क्रियाशील आवश्यता छ,’ पत्रमा भनिएको छ, ‘पार्टीको प्रमुख सहभागितामा रहेको सरकारको काम कारवाहीको प्रभावकारीतामा खेल्नुपर्ने भूमिका तथा पछिल्लो चरणमा हुन गएका विवादास्पद निर्णयहरुको सम्बन्धमा हाम्रा शुभचीन्तकमहरुमा चिन्ता छाएको छ।’

त्यसअघि पौडेलले शुक्रबार सभापति देउवालाई टेलिफोन गरी बैठक बोलाउन आग्रह गरेका थिए। पार्टीलाई सहमति र संस्थागत रूपमा अघि नबढाएको, संसद्को ठूलो पार्टी सरकारमा रहेर पनि भूमिका गौण भएको र विवादास्पद निर्णय गरेकोभन्दै पौडेलले महामन्त्री शशांक कोइरालाको निवासबाटै फोन गरेर बैठक बोलाउन आग्रह गरेका थिए।

प्रतिक्रिया