सुस्त मनस्थितिकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखाबाट एक युवा पक्राउ

सुस्त मनस्थितिकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखाबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ साउन २०८०
  • 2K
    Shares

सुस्त मनस्थिति भएकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखाबाट एक युवा पक्राउ परेका छन्। गोर्खाको मसेलका ३५ वर्षीय राजेश सुवेदी सुस्त मनस्थिति भएकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राऊ परेका हुन् ।

अभियुक्त सुबेदीले गएको साउन २६ गते ती सुस्त मनस्थिति भएकी २४ वर्षकी महिलालाई राति आफ्नै घरमा लगेर करणी गरेको भन्दै पीडितकी आमाले जाहेरी दिएकी प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त सुवेदी विरुद्ध बुधवार जिल्ला अदालत गोरखामा जवरजस्ती करणी शीर्षकमा  मुद्दा दर्ता गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयगोर्खाका डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया