उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनद्वारा सेनाको शीर्ष जनरललाई बर्खास्त : युद्धको सम्भावनाको लागि थप तयारी गर्न सेनालाई निर्देशन

उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनद्वारा सेनाको शीर्ष जनरललाई बर्खास्त : युद्धको सम्भावनाको लागि थप तयारी गर्न सेनालाई निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ साउन २०८०
  • 1.7K
    Shares

उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन

उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेका छन् । राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रीलाई रक्षामन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।

सो बर्खास्ती पछि सर्बोच्च नेता किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न सेनालाई निर्देशनसमेत दिएका छन् । जसअनुसार तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू समावेश गर्न आह्वान गरिएको छ।

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

प्रतिक्रिया