चिनियाँ राष्ट्रपति सीद्वारा एक महिनादेखि बेपत्ता विदेशमन्त्री छिङ काङ बर्खास्त : वाङ यी फेरि विदेशमन्त्री नियुक्त

चिनियाँ राष्ट्रपति सीद्वारा एक महिनादेखि बेपत्ता विदेशमन्त्री छिङ काङ बर्खास्त : वाङ यी फेरि विदेशमन्त्री नियुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ साउन २०८०
  • 2.6K
    Shares

गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका विदेशमन्त्री छिङ काङलाई चीनले बर्खास्त गरेको छ । उनको ठाँउमा पुनः वाङ यीलाई ल्याइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै कतारी विश्व च्यानल अलजजिराले जानकारी दिएको छ ।

अलजजिराका अनुसार ५७ वर्षका काङको स्वाथ्यको कारण भन्दै वाङ यी ल्याइएको बताइएको छ । गत जुन २५ मा रुसी उपविदेशमन्त्री एन्द्री रुदेन्कोसँग भेटेपछि छिङ काङ सार्वजनिक भएका थिएनन् ।

विदेशमन्त्री काङ अमेरिकी जासुसीहरूसँग नियमित सम्पर्कमा रहेको आशंकापछि राष्ट्रपति सीले चिनियाँ जनमुक्ति सेनालाई उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए। विदेशमन्त्री काङले अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा काम गरिसकेका छन्।

चिनियाँ जनमुक्ति सेनाले दिएको प्रतिवेदनको आधारमा काङलाई विदेशमन्त्रीबाट बर्खास्त गरिएको हो। चिनियाँ विदेशमन्त्री भएपछि पनि उनी अमेरिकी कूटनीतिज्ञहरूसँग नियमित सम्पर्कमा रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

कतिपय अमेरिकी मिडियाहरुले अमेरिकी समाचार वाचिकासँग प्रेम भएको समेत हल्ला गरेका थिए । तर, चीनले भनेजस्तो स्वाथ्यको कारण हो वा अमेरिकी हल्ला चलेजस्तो प्रेम सम्बन्धले हो, कुन कारण चै उनी अनुपस्थित भएका हुन् भन्नेमा अहिलेसम्म कुनै स्वतन्त्र पुष्टि हुन सकेको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताबाट अमेरिकी राजदूत हुँदै विदेशमन्त्री भएका उनी सात महिना अगाडि मात्रै विदेशमन्त्री नियुक्त भएका थिए ।

गत डिसेम्बर अन्तिममा विदेशमन्त्री नियुक्त भएका काङ सात महिना नबित्दै बर्खास्तीमा परेका हुन्। राष्ट्रपति सीले विदेशमन्त्री छिन काङलाई हटाएको बीबीसीले समेत पुष्टि गरेको छ।

प्रतिक्रिया