अमेरिकाको जासुसी विमान खसाल्ले उत्तर कोरियाको चेतावनी

अमेरिकाको जासुसी विमान खसाल्ले उत्तर कोरियाको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ असार २०८०
  • 2.2K
    Shares

उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उन, अमेइर्कि राष्ट्रपति जो. बाइडेन

उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ।

संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधिलाई तीव्र पारेको’ उत्तर कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताए। अमेरिकी जासुसी विमानहरूले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडानहरू गरेका छन्। एउटा जासुस विमानले पूर्वी सागरमा उत्तर कोरियाको हवाई क्षेत्रमा ‘धेरै पटक’ घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन्।

‘अमेरिकी वायु सेनाको रणनीतिक जासुस विमान खसाल्ने जस्तो डरलाग्दो दुर्घटना कोरियाको पूर्वी सागरमा हुने छैन भन्ने कुनै ग्यारेन्टी छैन,’ प्रवक्ताले कोरियन सेन्ट्रल न्युज एजेन्सीलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ।

प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहरूको हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए। वक्तव्यमा कोरियाली प्रायद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई उत्तर कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ’ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ।

प्रतिक्रिया