‘दलित’ भन्दै आफुले दिएको भाडाको कोठा छाड्न दबाब दिने घरबेटी दाङबाट पक्राउ

‘दलित’ भन्दै आफुले दिएको भाडाको कोठा छाड्न दबाब दिने घरबेटी दाङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ असार २०८०
  • 2.2K
    Shares

‘दलित’ भन्दै आफुले दिएको भाडाको कोठाबाट छाड्न दबाब दिने घरबेटीलाई दाङबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने घरबेटी घोराही उपमहानगरपालिका १७ निवासी ताराप्रसाद पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

पोख्रेलले आफ्नो घरमा भाडामा बसेका अछामको पञ्चल देवल नगरपालिका ७ पुल्तोलाका महेन्द्र विक र हुम्लाका अदानचुली गाउँपालिका ३ का अङ्गराज नेपालीलाई ‘दलित’ भन्दै शुक्रबार भाडाको कोठा छाड्न दबाब दिएको प्रहरीले जानकारी दिएको छ ।

भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका पोख्रेलमाथि प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया