पूर्वन्यायाधीश भुवन गिरीमाथि अदालतभित्रै जुत्ता प्रहार

पूर्वन्यायाधीश भुवन गिरीमाथि अदालतभित्रै जुत्ता प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ असार २०८०
  • 3.3K
    Shares

पूर्व न्यायाधिश भुवन गिरिबिरुद्ध संघर्ष गर्दै उनकी धर्मपत्नी आरती गिरी

काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।

बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् । उनले जुत्ता प्रार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो ।

उनले श्रीमानविरुद्ध केही समय बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । यसअघि पनि आरतीले न्यायको माग गर्दै श्रीमानविरुद्ध विरोध गर्दै आएकी थिइन् । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए ।

प्रतिक्रिया