ओखलढुङ्गा पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो, गुरुङका बेपत्ता छोराछोरी पनि भेटिए मृत

ओखलढुङ्गा पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो, गुरुङका बेपत्ता छोराछोरी पनि भेटिए मृत


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०८०
  • 2.7K
    Shares

गुरुङका बेबत्ता छोराछोरी पनि भेटिए शव

ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश  र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो।

आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो ।  अन्यले भागेर ज्यान जोगाएका थिए । पहिरोले पुरिएर चार जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ ।

 

प्रतिक्रिया