साँवाव्याज रकम नतिरेको भन्दै चितवनमा लघुबित्तको कर्मचारीले सासुबुहारी कुटिन्

साँवाव्याज रकम नतिरेको भन्दै चितवनमा लघुबित्तको कर्मचारीले सासुबुहारी कुटिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ असार २०८०
  • 1.2K
    Shares

स्वरोजगार लघुवित्तीय संस्थाका कर्मचारीबाट कुटिएका पिडित

साँवाव्याज रकम नतिरेको भन्दै चितवनस्थित एक लघुबित्तको कर्मचारीले सासुबुहारी कुटेका छन्। पूर्वी चितवनको कालिका वडा नं ७ क्लवचोकमा रहेको स्वरोजगार लघुवित्तीय संस्थाको शाखा कार्यालयमा कार्यरत कर्मचारी सविता चौधरीले साँवाव्याज रकम नतिरेको भन्दै सोही नगरपालिकाको वडा नं ७ का रामकुमारी चौधरी र उनकी बुहारी सुस्मिता चौधरीलाई कुटपिट गरेकी हुन् ।

संस्थाकी कर्मचारी चौधरीले सासु बुहारीलाई कुटपिट तथा अर्धनग्न हुनेगरी कपडा च्यातेको लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति चितवनकी अध्यक्ष सुधा पाठकले जानकारी दिइन् ।

संस्थाकी कर्मचारी चौधरीले संस्थाबाट पीडित सुस्मितालाई तीन लाख रुपैया निकाल्न लगाएर आफु स्वयंले एक लाख ८० हजार लिएको र बाँकी एक लाख २० हजार रुपियाँ ऋणी सुस्मितालाई दिएको बताइएको छ। सुस्मिताले एकलाख २० हजारको साँवा व्याज तिरिसकेपछि बाँकी एक लाख ८० हजार रुपियाँको साँवा ब्याज तिर्न कर्मचारी चौधरीलाई अनुरोध गर्दा कर्मचारी चौधरीले घरमै गएर सविता र उनकी सासुलाई कुटपिट गरेकी हुन । संस्थाकी कर्मचारीले कुटपिट गरेको विषयमा उजुरी दिनजाँदा प्रहरी कार्यालयमै कर्मचारी सविताले सुस्मिता र उनकी सासुलाई आक्रमण गरेको संघर्ष समिति चितवनकी अध्यक्ष पाठकले जानकारी दिइन् ।

घटना लगतै पीडित पक्ष र संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरुले स्वरोजगार वित्तीय संस्थाको क्लबचोक स्थित शाखा कार्यालयमा तालाबन्दी गरेका छन् । पीडितले मंगलबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा संस्थाकी कर्मचारी विरुद्ध जाहेरी दिएका छन् ।

लघुवित्तीय संस्थाहरुको ज्यादतीका कारण चितवनमा हजारौ महिलाहरु पीडित बनेको भन्दै अध्यक्ष पाठकले लघुवित्तीय संस्थाको अत्याचार सहन नसकेर ग्रामिण क्षेत्रका महिलाहरुले आत्महत्या सम्मको बाटो रोज्ने गरेको बताइन् । घटनाको विषयमा स्वरोजगार लघुवित्तीय संस्था क्लवचोक शाखाका प्रमुखसंग बुझ्न खोज्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया