बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ असार २०८०
  • 3K
    Shares

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

एसपी खड्काका अनुसार, सो दुर्घटनामा परेर बागलुङ नगरपालिका–२ मा रहेको सम्झना स्टोर्सका बजार प्रतिनिधि जैमिनी नगरपालिका–१० राङ्गखानीका दुर्गा पौडेल र चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गाका राजेन्द्र माझीको मृत्यु भएको हो।

जुत्ता चप्पल विक्रीको लागि दुई दिन अघि गलकोट गएको ग१च ९४८५ नम्बरको जीप बुधबार बिहान बागलुङ बजार फर्किदै गर्दा काठेखोला–५ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा दुर्घटना भएको थियो । जीप लोकमार्गबाट झण्डै पाँच सय मिटर तल खसेको बताइएको छ ।

मृत्तक दुवैको शवलाई पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनले दुर्घटनाको कारण नखुलेको बताए ।

जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।

प्रतिक्रिया