पहिरोले पुरिएर पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तारको काम गरिरहेका एक मजदुरको मृत्यु, अन्य दुई घाइते

पहिरोले पुरिएर पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तारको काम गरिरहेका एक मजदुरको मृत्यु, अन्य दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असार २०८०
  • 2.2K
    Shares

पृथ्वीराजमार्गको मुग्लिन पोखरा विस्तार

पृथ्वीराजमार्गको मुग्लिन पोखरा विस्तारको काम गरिरहेका एक मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। सोमबार साँझ राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा सडक बिस्तारको काम गरिरहेका मजदुरहरु मध्ये झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भिम भुजेलको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सडकको छेउमा पर्खाल लगाइरहेका बेला आएको उक्त पहिरोले पुरिएर झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

घाइतेमध्ये बलबहादुरलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने कृष्णको रत्नहरि अस्पाल दमौलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया