वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका आठ जना कलाकारहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको समय दिएको छ । बिहीबार अदालतले प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि चार दिन म्याद थप्ने अनुमति दिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रबिन्द्र रेग्मीका अनुसार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)लाइ वानएक्स बेटमा प्रकरणमा पक्राउ गरिएको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोप उनीहरु माथि लागेको छ।