नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा नेपालका उच्च राजनीतिक नेतृत्वमा रहेका नेताहरुको संलग्नता देखिन थालेपछि त्यसको विरोधमा देशव्यापी विरोध प्रदर्शनहरु भईरहेका छन् । विरोध प्रदर्शनहरुमा सर्वसाधारण जनता, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मीहरु, पत्रकारहरु, विभिन्न पेशा व्यवसायहरुमा संलग्न ब्यवसायी, उद्योगीहरु लगायतका सर्वसाधारणहरुको व्यापक सहभागिता देखिएको छ । आफ्ना देशका नागरिकलाई विदेशी नागरिक बनाएर विदेश पठाउने कार्यलाई मानव तस्करीको रुपमा ब्याख्या गर्दै प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कडाभन्दा कडा कानूनी कारवाहीको माग गरेका छन् ।
यस्तै माग राखेर आज पोखरामा दुई वटा विरोध प्रदर्शन भए । एउटा विरोध प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कडा कारवाहीको माग राखेर शान्तिपूर्ण धर्ना कार्यक्रम गरे भने अर्को कार्यक्रममा सहभागीहरुले अहिलेको संसदीय व्यवस्था रहेसम्म यस्ता भ्रष्टाचार, अनियमितता र बेथिति कायमै रहने भएकाले यस व्यवस्थाविरुद्ध नै संघर्ष गर्नुपर्नेमा जोड दिए ।
पोखराको शहीदचोकमा नागरिक समाज कास्कीारा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा समाजका निवर्तमान संयोजक रामहादुर पौडेलले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउने कार्य मानव तस्करी भएको बताउदै दोषीमाथि कडाभन्दा कडा कानूनी कारवाही गर्न दबाब चाहिएकाले आम नेपाली जनतालाई संघर्षमा त्रिन आव्हान गरे ।
नागरिक समाज कास्कीले गरेको एक घण्टा लामो शान्तिपूर्ण धर्ना कार्यक्रम सकिए लगत्तै मोहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा -मशाल)ले सोही ठाउँमा विरोध प्रदर्शन गरे । “विदेशी दलालहरु मूर्दावाद, मानव तस्करहरुलाई कारवाही गर, भ्रष्टाचारीहरुलाई कारवाही गर” लगायतका चर्का नाराबाजीका साथ शुरु भएको उक्त विरोध प्रदर्शनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य रामसिंह श्रीषले अहिलेको दलाल संसदीय व्यवस्था कायम रहेसम्म मुलुकमा दलालीतन्त्र, भ्रष्टाचार, अनियमितता र बेथिति कायमै रहनेभएकाले यो भन्दा रामो वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न वर्तमान दलाल संसदीय व्यवस्थाविरुद्ध संघर्ष शुरु गरिनुपर्नेमा जोड दिए ।
वाम बुद्धिजीवि एवं वरिष्ठ अधिवक्ता तिलक पराजुलीले नेपाली नागरिकलाई विभिन्न प्रपञ्च गरेर विदेशी नागरिक बनाउने र नेपालको नागरिकता संशोधन गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर सच्चा नेपालीलाई अल्पमतमा पारेर नेपाली राष्ट्रियता नै सखाप पार्ने षडयन्त्र चलिरहेकाले यस षडयन्त्रकाविरुद्ध संंघर्षमा उत्रिन आमनेपालीहरुसंग यनले आव्हान गरे ।