बुटवलको सप्तदीप बहुद्देश्यीय सहकारीका सञ्चालकहरु कार्यालय बन्द गरेर सम्पर्कविहीन : बचतकर्ताहरु धर्नामा

बुटवलको सप्तदीप बहुद्देश्यीय सहकारीका सञ्चालकहरु कार्यालय बन्द गरेर सम्पर्कविहीन : बचतकर्ताहरु धर्नामा


  • जन संचार
  • मंगलबार, १९ बैशाख २०८०
  • 13.7K
    Shares

सप्तदीप बहुद्देश्यीय सहकारी

रुपन्देहीको सप्तदीप बहुद्देश्यीय सहकारीका सञ्चालकहरु कार्यालय बन्द गरेर सम्पर्कविहीन भएका छन् । सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि सञ्चालकहरु कार्यालय बन्द गरेर सम्पर्कविहीन भएका हुन् ।

कार्यालयमा कुनै पनि सूचना नटाासी सञ्चालकहरु सम्पर्कविहीन भएपछि विगत १५ दिनदेखि बचतकर्ताहरुले सहकारीमै धर्ना दिन थालेका छन् । सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचतकर्ताहरु इलाका प्रशासन कार्यालय अगाडिसमेत धर्ना दिन पुगेका थिए ।

संस्थाकी बचतकर्ता सीता घिमिरेले वैशाख १० गते पैसा दिने भनी सहकारीले टोकन दिए पनि अहिलेसम्म आफूले रकम फिर्ता नपाएको बताइन् । टोकन लिएर सहकारीमा जाादा कार्यालयमा ताला लगाइएको पाएको उनले जानकारी दिइन् ।

सहकारी सदस्य लक्ष्मी मल्लले भनिन्, ‘हामीले खाइ नखाइ दुःखले रकम जम्मा गर्‍यौं । तर, अहिले सहकारीमा ताला लगाइएको छ । यसबारे हामी कहाा गएर बोल्ने ?’

यसअघि सुपि्रम, शिवशिखर, उपकार र आगन्तुक सहकारीले पनि यसैगरी नै कार्यालय बन्द गरेका थिए । तिनीहरुले अझैसम्म बचकर्ताको रकम फिर्ता दिन सकेका छैनन् । शिवशिखर सहकारीले घरभाडाबापतको झण्डै २५ लाख रुपैयाासमेत तिरेको छैन । अहिले पनि शिवशिखर सहकारीमा बचतकर्ता पुग्ने गरे पनि ताला लगाएको छ । बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले नगरको क्षेत्राधिकारमा परेका सबै सहकारीमा अनुगमनको काम भइरहेको बताए ।

प्रतिक्रिया