दक्षिण एसियामा भारतले पाकिस्तानपछि सबैभन्दा निगरानी गरेको देश हो नेपाल । त्यसैगरी दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको देशमा नेपाल पहिलो नम्बरमा पर्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
यति महत्वको मुलुकमा आफ्नो गुटका मानिसलाई राजदूत बनाउन सत्तारुढ भाजपाका सबै गुटका नेताहरु भिडेर लागेको बुझिएको छ ।
नेपालमा भाजपाले पहिलो पटक राजदूत नियुक्त गर्न लागेको हो । नयाँ दिल्लीस्थित स्रोतका अनुसार कूटनीतिक, सेवाबाट राजदूत पठाउने कि, राजनीतिक क्षेत्रबाट पठाउने भन्ने बिजेपीका शिर्ष नेतारुकै मतभेदका कारण नेपालका लागि भारतीय राजदूतको छनौटमा कठिनाई उत्पन्न भइरहेको छ ।
नेपाल भारत सम्बन्धमा समस्याप्रति समस्या उत्तपन्न गराउने र नेपाललाई राजनीतिक अस्थिरतामा राखिरहन चाहने पूर्वराजदूत तथा पूर्व सचिव श्यामशरणको गुटले गजबको तर्क अघि सारेर गुटकी महिला प्रिती शरणको नाम प्रस्ताव गरेको थियो । महिलालाई राजदूत बनाइए नेपालमा समावेसीकरणका लागि बढी दबाब पर्ने श्यामशरण गुटको विश्लेषण हो । तर श्यामशरण गुट कमजोर भएकोले प्रितीको सम्भावना कम भएको बताइन्छ ।
भारतले नेपालको पहाडी क्षेत्रमा जनजाती आन्दोलन उठाउने प्रयास गरिरहेको छ । यसिका लागि भारतीय पूर्व सैनिक परिचालन गर्ने प्रयास गरिरहेको छ । यसैका लागि भारतीय राजदूत रञ्जीत रे केही महिनाअघि पश्चिम पहाडमा एक साता बसेका थिए ।
रञ्जीत रेको कार्यकाल फेब्रुअरी २५ बाट सकिदैछ ।