पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, २० जना घाइते

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, २० जना घाइते


  • जन संचार
  • आइतबार, १० बैशाख २०८०
  • 3.1K
    Shares

पाल्पामा बस दुर्घटना

पाल्पाको जोरधारामा आज बिहान भएको बस दुर्घटनामा गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए। मृतकको परिचय नखुलेको डिएसपी थापाले बताए।

बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्जुन खनालले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार, अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको गौतमले जानकारी दिए।

प्रतिक्रिया