गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीद्वारा प्रस्तुत बिश्वासको मत सम्बन्धि प्रस्ताव प्रदेश सभामा बहुमतद्वारा अस्वीकृत

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीद्वारा प्रस्तुत बिश्वासको मत सम्बन्धि प्रस्ताव प्रदेश सभामा बहुमतद्वारा अस्वीकृत


  • जन संचार
  • शनिबार, ९ बैशाख २०८०
  • 3K
    Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीद्वारा प्रस्तुत बिश्वासको मत सम्बन्धि प्रस्ताव प्रदेश सभामा बहुमतद्वारा अस्वीकृत भएको छ। आज साँझ प्रदेश सभामा भएको मतदानमा २४ का बिरुद्ध ३५ मतले उक्त प्रस्ताव अस्वीकृत भएको हो।

मुख्यमन्त्री अधिकारीको पक्षमा एमाले र रास्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उभेका थिए भने बिपक्षमा प्रमुख प्रतिपक्षी दलका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र सांसद दिपक मनाङ्गेले मतदान गरेका थिए। आजको बैठकमा सभामुख कृष्ण धितालले मुख्यमन्त्री अधिकारीले राखेको बिश्वासको मत अस्वीकृत भएको घोषणा गरेका थिए। गण्डकी प्रदेश सभा अर्को सुचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया