इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा फाँटका असई नौहजार रुपैयाँ घुस रकमसहित पक्राउ

इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा फाँटका असई नौहजार रुपैयाँ घुस रकमसहित पक्राउ


  • जन संचार
  • शुक्रबार, १ बैशाख २०८०
  • 3.1K
    Shares

सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)सचिन भदैसवार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी सहायक निरीक्षक भदैसवारलाई नौहजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

भदैसवार मुद्दा फाँटमा कार्यरत थिए । एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै र्चैया नगरपालिका ५ स्थित थानाचोकबाट बुधबार नियन्त्रणमा लिइएको ख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवालिम्बूले प्रहरी सहायक निरीक्षक भदैसवारलाई अख्तियारको टोलीले पक्राउ गरेको पुष्टि गरे । तर यस बारे बिस्तृत बिबरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया