अर्कैको नाममा परिक्षा दिईरहेकी एक जना नक्कली परीक्षार्थी महिला मोरङबाट पक्राउ

अर्कैको नाममा परिक्षा दिईरहेकी एक जना नक्कली परीक्षार्थी महिला मोरङबाट पक्राउ


  • जन संचार
  • बुधबार, २२ चैत्र २०७९
  • 2.4K
    Shares

एसईई परीक्षा दिइरहेको अवस्थामा मोरङबाट बुधबार एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। मोरङको ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परिक्षा दिईरहेकी नक्कली परिक्षार्थी सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई कल्पना लिम्बूको नाममा अनिवार्य विज्ञान विषयको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताए ।

नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया