प्रमुख पार्टीका नेताका अकर्मन्यताले मुलुक संकटमा : पूर्व प्रम झलनाथ खनाल (भिडियोसहित)

प्रमुख पार्टीका नेताका अकर्मन्यताले मुलुक संकटमा : पूर्व प्रम झलनाथ खनाल (भिडियोसहित)


  • जन संचार
  • शनिबार, १८ चैत्र २०७९
  • 4.6K
    Shares

पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकका प्रमुख पार्टीहरुको अकरन्यताले गर्दा मुलुक संकटमा पुगेको बताएका छन्।  रिपोर्टर्स नेपालको २५ औं वार्शिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता समेत रहेका खनालले त्यस्तो कुरा बताएका हुन्।

नेता झलनाथ खनालले देशमा संविधान बनेर संघीय गणतन्त्र आएपछि ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताए ।  उनले संविधान बनेपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएपछि देश अगाडि बढेपनि ठूलाठूला समस्या र चुनौतीहरू आएको बताए । उनले भने,’संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल स्थापना भएपछि हामि अगाडि बढ्दै छौं । तर,अगाडि बढ्दा बढ्दै हामि अहिले ठूल्ठूला समस्या र चुनौतिहरुको बीचमा हामि खडा भैरहेका छौं । ‘

खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा रहेको बताउादै विश्वले नै अनिश्चयपूर्ण अवस्थाको सामना गर्नुपरेको बताए । उनले रुस र युक्र्रेन युद्धले पश्चिमा जगतमा पारेको राजनीतिक ,सामाजिक आर्थिक समस्यालाईर् उल्लेख गर्दै नेपालले पनि भूराजनीतिलाई बुझेर त्यसबाट शिक्षा लिनुपर्ने र संयमित भएर काम गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिक्रिया