फास्ट ट्रयाक कानुन सहित प्रधानमन्त्रीले मिटर ब्याज पीडितलाई भेट्न वार्ताटोली गठन

फास्ट ट्रयाक कानुन सहित प्रधानमन्त्रीले मिटर ब्याज पीडितलाई भेट्न वार्ताटोली गठन


  • जन संचार
  • मंगलबार, १४ चैत्र २०७९
  • 11.3K
    Shares

फास्ट ट्रयाक कानुन सहित प्रधानमन्त्रीले मिटर ब्याज पीडितलाई भेट्न वार्ताटोली गठन

पैदल हिँडेर न्याय माग्दै महोत्तरीको बर्दिवासबाट मिटरब्याज पीडितहरु काठमाडौं आएका छन् ।

उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो । त्यहाँ गृह मन्त्रालय सहसचिव केदारनाथ शर्माले पीडितहरुलाई भेटेर आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज दिउँसो बस्ने मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री प्रचण्डले पीडितहरुलाई भेट्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन पनि निर्देशन दिएका छन् ।

मंगलबार (आज) बस्ने मन्त्रिपरिषद बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी कानुनको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो काम फास्ट ट्र्याकबाट गरिने प्रधानमन्त्रीको सचिवालयका सदस्यले बताए ।

प्रतिक्रिया