अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफू मंगलबार पक्राउ पर्नसक्ने संकेत : बिरोधमा प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आव्हान

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफू मंगलबार पक्राउ पर्नसक्ने संकेत : बिरोधमा प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आव्हान


  • जन संचार
  • आइतबार, ५ चैत्र २०७९
  • 4K
    Shares

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफूलाई पक्राउ गर्नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । न्युयोर्कका अभियोजनकर्ताले ट्रम्पले यौन सम्बन्ध रहेका भनिएका महिलाहरुलाई बोल्नबाट रोक्नका लागि दिएको रकमको छानबिन सुरु गरेका छन् । मेनहटन जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि यस विषयमा अनुसन्धान गर्दै आएको छ ।

‘रिपब्लिकन पार्टीका उम्मेदवारहरूको प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका तथा अमेरिकी पूर्वराष्ट्रपतिलाई आगामी साताको मंगलबार पक्राउ पर्न सक्छन,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

अमेरिकी सञ्चार माध्यमहरुले भने यस विषयमा जिल्ला वकिलको कार्यालयले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेका छन् । त्यसैगरी ट्रम्प र उनका प्रतिनिधिले पनि यस विषयमा थप जानकारी दिएका छैनन् ।

ट्रम्पले आफ्ना समर्थकहरूलाई मंगलबार प्रदर्शन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया