अमेरिकी ड्रोन र रुसी लडाकु बिमानबीच ठक्कर

अमेरिकी ड्रोन र रुसी लडाकु बिमानबीच ठक्कर


  • जन संचार
  • बुधबार, १ चैत्र २०७९
  • 5.5K
    Shares

अमेरिकी ड्रोन र रुसी लडाकु बिमानबीच ठक्कर

अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोक्किएर ब्ल्याक सीमा प्रवेश गरेको जनाएको छ ।

युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष टकरावको जोखिम कति बढिरहेको छ भन्ने यो घटनाले देखाउँछ । अमेरिकाले यो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित उडान गरिरहेको बेला दुई रुसी लडाकु विमानले यसलाई रोक्न खोजेको बताएको छ।

यसैबीच रुसले यो ड्रोन तीव्र गतिमा रुट परिवर्तन गरेपछि दुर्घटना भएको बताएको छ । रुसले दुवै विमान सम्पर्कमा आएको खबरको खण्डन गरेको छ ।

रुसी रक्षा मन्त्रालयले पनि एमक्यू-९ रीपर ड्रोन आफ्नो ट्रान्सपोन्डर अफ गरेर उडिरहेको बताएको छ। ट्रान्सपोन्डरहरू सञ्चार उपकरणहरू हुन् जसको मद्दतले विमान ट्र्याक गरिन्छ।

रीपर ड्रोनहरू निगरानी विमान हुन्। यसका पखेटा २० मिटर लामा हुन्छन्।

प्रतिक्रिया