रुसको लडाकु विमानसँग ठोक्किएको अमेरिकी ड्रोन ध्वस्त

रुसको लडाकु विमानसँग ठोक्किएको अमेरिकी ड्रोन ध्वस्त


  • जन संचार
  • बुधबार, १ चैत्र २०७९
  • 3.3K
    Shares

रुसको एक लडाकु विमानसँग अमेरिकाको मानवरहित ड्रोन ठोक्किएर ध्वस्त भएको छ। रुसको एसयू-२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन मंगलबार आकाशमा उडिरहेका बेला एकापसमा ठोक्किदा ‘ब्ल्याक सी’ -कालो सागर) मा खसेर पूर्णरुपमा ध्वस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।

रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।

युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

कालो सागर रुस र अमेरिकाको सीमा क्षेत्रमा पर्दछ । रुसले युक्रेनमा आक्रमण थालेदेखि नै यो क्षेमा लामो समयदेखि तनावको स्थिति छ ।

प्रतिक्रिया