जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र श्रीमान् आइतेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
कुटपिटबाट ममता बेहोस भएकी थिइन्। यो कुरा आइतेले प्रहरीसँग प्रारम्भिक बयानमा बताएका छन्।
बेहोस भएकी ममतालाई समयमै उपचार नगराउँदा उनको मृत्यु भएको हो।
कुटपिट कहिले भएको हो भन्ने खुलेको छैन।
‘कुटपिटको घटना केही दिनअघिको जस्तो देखिन्छ, हामीलाई खबर आएको शनिबार हो,’ प्रहरी निरीक्षक बुढा मगरले भने।