चलचित्र ‘रंगीन’को घोषणा भएको छ । जेठबाट छायांकनमा जाने चलचित्रको घोषणा गर्दै निर्देशकको खोजी गरिएको छ । निर्देशक वाहेक अन्य सबै यूनिट तय भैसकेका छन् । एक कुशल निर्देेशकलाई निर्देशनमा अवसर दिने योजना यसको निर्माणपक्षको छ । अफस्ट्रयाक लभ स्टोरी कथामा बन्ने यो चलचित्रमा नायिका नीशा अधिकारी मुख्य भूमिकामा छिन् । उनको साथमा नवराज श्रेष्ठ र बाबु भण्डारीले लीड कलाकारको रुपमा चलचित्रमा काम गर्नेछन् ।
किरण माइकलको कथामा बन्न लागेको यो चलचित्रको निर्देशन गर्न चाहनेले ३ महिना भित्रमा सम्पर्क गरिसक्नुपर्नेछ । निर्देशक पक्का भैसकेपछि आपसी सहमतीमा कथा हेरफेर गर्न सकिने निर्माता सुवास थापाले जानकारी दिएका छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, शिव वीको नृत्य निर्देशन रहनेछ ।
विनोद कुमार सिंह र सुवा सलामाले मिलेर चलचित्रमा लगानी गर्न लागेका हुन् । निर्देशकको हकमा नयाँ र पुराना नभनिने र ‘रंगीन’लाई न्याय गर्न सक्ने निर्देशक चयन गरिने निर्माणपक्षको भनाई छ ।