दयाहाङको ‘कान्छी’ नायिका स्वेता खड्का हुने

दयाहाङको ‘कान्छी’ नायिका स्वेता खड्का हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ फाल्गुन २०७३
  • 17.2K
    Shares

नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्रका नाम तय गरिएको छ । चलचित्र ‘कोहिनुर’ पछि स्वेताले बनाउन लागेको चलचित्रको नाम ‘कान्छी’ राखिएको छ ।

कुनै पनि चलचित्र निर्माण भएको १० बर्षपछि सोहि नाममा नयाँ चलचित्र बनाउन पाउने प्रावधान छ । चलचित्रको शिर्ष भूमिका नायिका खड्का रहनेछिन् । उनीसँगै चलचित्रमा नायक दयाहाङ राइले अभिनय गर्ने पक्का भैसकेको छ ।

चलचित्रको नाम ‘कान्छी’ राखिएको निर्देशक आकाश अधिकारीले पुष्टी गरेका छन् । उनले जेठको तेश्रो साताबाट चलचित्रको छायांकन सुरु हुने जानकारी दिएका छन् ।

लभ स्टोरी र कमेडी जनरामा यो चलचित्र निर्माण हुनेछ । स्वेता नेपाली चलचित्र क्षेत्रमा नायिका र निर्मात्रीको रुपमा नै अगाडि बढ्ने तयारीमा छिन् । स्वेताको कमब्याक दर्शकका लागि पनि प्रतिक्षामा छ ।

प्रतिक्रिया